NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लोक सेवा प्रश्न– सार्वजनिक प्रशासनमा ट्रेड युनियनको समस्या र समाधान उपाय

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव भविश्वर घिमिरेले शाखा अधिकृतको तयारीका लागि नेपालको सार्वजनिक प्रशासनमा ट्रेड युनियनको क्षेत्रमा रहेका समस्या र त्यसको समाधानको प्रश्न हल गरेका छन् ।

प्रश्नः नेपालको सार्वजनिक प्रशासनमा ट्रेड युनियनका क्षेत्रमा रहेका समस्याहरु पहिचान गर्दै समाधानका लागि व्यवहारिक सुझाव उल्लेख गर्नुहोस् ।

ट्रेड युनियन Democracy को Internal Vehicle हो। समाज संगठन तथा राज्यलाई नै Vibration गर्ने कार्यमा ट्रेड युनियनको भूमिका महत्त्वपूर्ण रहने गर्दछ । पेशागत हकहितको सुरक्षा, संरक्षण र सौदाबाजीका लागि ट्रेड युनियनको भूमिका उल्लेख्य रहने भए पनि नेपालमा भने ट्रेड युनियनबाट सिर्जनशील र रचनात्मक सहयोग प्राप्त भएको देखिँदैन ।

ट्रेड युनियनका क्षेत्रमा रहेका मुख्य समस्याहरू

  • ट्रेड युनियनको भूमिका र जिम्मेवारी स्पष्ट नहुनु ।
  • ट्रेड युनियनलाई सरकार र नागरिकबीचको BUFFER ZONE बनाउन नसक्नु ।
  • समाज, संगठन तथा राज्यलाई नै Vibration गर्ने गरी काम गर्न नसक्नु ।
  • राजनीति भातृ संगठनजस्तो व्यवहार देखाउनु ।
  • कर्मचारीका हकहित र पेशागत वकालतभन्दा स्वार्थमा लागेको आरोप छ।
  • सरकारलाई सहयोग र साझेदारीभन्दा प्रतिष्पर्धा गरेको देखिन्छ ।
  • ट्रेड युनियन सरूवामा मात्र केन्द्रित देखिन्छन् ।
  • सिर्जनशील र रचनात्मक क्षेत्रमा सहकार्य र कार्यसम्पादन न्यून छ।
  • कामकारवाहीको जवाफदेहिता र उत्तरदायित्व कमजोर छ ।
  • ट्रेड युनियनको कामको नियमन र अनुगमन गरिदैन ।
  • वार्षिक प्रतिवेदन पेश गर्ने प्रणाली विकास गर्न सकिएको छैन ।
  • पेशालाई सम्मानित एवं मर्यादित बनाउन ट्रेड युनियनको भूमिका ।
  • ट्रेड युनियनको भूमिका सहयोगात्मकभन्दा हस्तक्षेप र दबाबमूलक छ ।
  • ट्रेड युनियनमा आबद्ध भएपश्चात काम गर्न पर्दैन भन्ने मानसिकता बढ्दै गएको छ ।
  • नीति तथा कानून निर्माणमा रचनात्मक सल्लाह सुझाव देखिँदैन ।
  • सेवा, सुविधा र अवसरको समन्यायिक वितरणमा ट्रेड युनियनको चासो देखिँदैन ।
  • व्यक्तिकेन्द्रित मानसिकताले गाँजेको छ ।
  • ट्रेड युनियनको आचारसंहिता बनाई कार्यान्वयन गर्न सकिएको छैन ।
  • सबै कर्मचारीको साझा छहारी बन्न सकेको छैन ।
  • विसंगति र विकृति हटाउनेभन्दा बढाउने प्रवृति छ ।
  • पेशागत हकहितको सुरक्षा, संरक्षण तथा सरकारी कामकारवाहीमा उपस्थिति नगन्य हुँदै गएको छ ।
  • अवसरवादी, अर्थवादी र अराजकतावादी (तीन अ) सोच र चिन्तनबाट हुर्किरहेकोआरोप लाग्ने गरेको छ ।
  • ट्रेड युनियनलाई भर्याङ बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने गरेको देखिन्छ।
  • अन्तर्राष्ट्रिय अभ्यास र अनुकरणीय कार्यलाई ट्रेड युनियनमा भित्राउन सकिएको छैन ।

ट्रेड युनियनबाट परेको सकारात्मक प्रभाव

  • पेशाप्रति कर्मचारीको सुरक्षाको अनुभूति हुने,
  • कर्मचारीहरूमा नेतृत्वशैलीको विकास हुने,
  • समझदारीपूर्ण वातावरण सृजना भई कार्य सम्पादन प्रक्रियामा सहयोग पुग्न जाने,
  • कर्मचारी सेवा शर्तसम्बन्धी कानून निर्माणमा कर्मचारीको धारणा प्रतिविम्बित हुने,
  • हकअधिकारका विषयमा साझा अवधारणा तयार हुने,
  • कर्मचारीहरूको गुनासो सिर्जनशीलतवरबाट समाधान हुने,
  • प्रशासनिक प्रक्रिया र परिपाटी सुधारमा सहयोग पुग्ने,
  • सेवा प्रवाहका प्रक्रियाहरूलाई सेवाग्राहीमुखी बनाउन रचनात्मक सहयोग हुने,
  • सेवा प्रवाहसम्बन्धी नयाँ योजना कार्यान्वयनमा ल्याउन सजिलो हुने,
  • कामकारबाहीहरूमा पारदर्शिता र असल कार्य वातावरण निर्माणमा सहयोग पुग्ने,
  • नीति निर्माताहरू र कर्मचारीबीच सम्बन्ध सेतुको काम हुने,
  • नीति निर्माणमा पृष्ठपोषण र कार्यान्वयन संयन्त्र प्रभावकारी बनाउन सहयोग पुग्ने,
  • सिर्जनशीलताको विकास हुने ।

ट्रेड युनियनबाट परेको नकारात्मक प्रभाव

  • पेशागत अधिकारको दायराभन्दा बाहिर जान सक्ने,
  • व्यस्थापनको सहयोगी संस्थाको रूपमा भन्दा पनि प्रतिस्पर्धी संस्थाको रूपमा रूपान्तरण हुने प्रवृत्ति देखिन सक्ने,
  • अनुशासनहीनताले प्रश्रय पाउन सक्ने सम्भावना,
  • हरेक अवधारणा र हरेक सांगठनिक प्रक्रियालाई राजनैतिक आवरण दिने,
  • राजनैतिक पहिचान खोज्ने प्रवृत्तिको पुनरावृत्ति भएमा अधिकार विभाजित हुन सक्ने,
  • व्यवस्थापनले अनावश्यक माग र हडतालजस्ता समस्याको सामना गरिरहनु पर्ने,
  • अनावश्यक प्रतिस्पर्धा र विवादको संस्कृतिले प्रश्रय पाउन सक्ने,
  • सेवा प्रवाहमा नकारात्मक असर पर्न सक्ने ।

समस्या समाधानका लागि चाल्नुपर्ने व्यावहारिक उपायहरू

  • ट्रेड युनियनको निषेध होइन नियमन गर्ने ।
  • वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था लागू गर्ने ।
  • ट्रेड युनियनको भूमिका र जिम्मेवारीको किटानी गर्नुपर्ने।
  • ट्रेड युनियनको राजनैतिक पहिचान हटाउने।
  • ट्रेड युनियनको creative destruction गर्ने।
  • ट्रेड युनियनको भूमिका कर्मचारीतन्त्रीय सक्रियतामा केन्द्रित गर्ने ।
  • संयुक्त तथा तेश्रो पक्ष अनुगमन गर्ने र प्रतिवेदनअनुरूप गर्ने ।
  • नागरिक संवाद पैरवी र अन्तरक्रिया गर्ने ।
  • ट्रेड युनियन र राजनीतिको दूरी तथा सीमारेखा तय गर्नु पर्ने ।
  • ट्रेड युनियनलाई सरकार र नागरिकको बीचको BUFFER ZONE बनाउनु पर्ने।
  • समाज, संगठन तथा राज्यलाई नै Vibration गर्ने सक्षम ट्रेड युनियन हुनु पर्ने ।
  • कर्मचारीका हक,हित र पेशागत वकालतमा मुख्य ध्यान हुनुपर्ने।
  • सरकारसँग प्रतिष्पर्धाभन्दा सहयोग र साझेदारी गर्ने ।
  • कामकारवाहीको जवाफदेहिता र उत्तरदायित्व मापन गर्ने ।
  • राजनीति र प्रशासनबीचको सम्बन्धलाई सुमधुर बनाउने सहजकारी भूमिका खेल्नुपर्ने ।
  • पेशालाई सम्मानित एवं मर्यादित बनाउन ट्रेड युनियनको भूमिका खोज्ने।
  • ट्रेड युनियनमा आबद्ध भए पनि कार्यालय समयमा काम गर्ने ।
  • नीति तथा कानून निर्माणमा रचनात्मक सल्लाह सुझाव दिने ।
  • सेवा, सुविधा र अवसरको समन्यायिक वितरणमा ट्रेड आबद्धको चासो दिने ।
  • व्यक्तिकेन्द्रित मानसिकताले त्याग्ने ।
  • विविधताको लाभ सिर्जना गर्ने प्रतिभा व्यवस्थापन ¸लोकतन्त्रको स्थानीयकरण गर्ने काममा बढी केन्द्रित हुने ।
  • ट्रेड युनियनको आचारसंहिता बनाई कार्यान्वयन गर्ने ।
  • विसंगति र विकृति हटाउनेतर्फ कार्यक्रम र व्यवहार केन्द्रित गर्ने ।
  • अन्तर्राष्ट्रिय अभ्यास र अनुकरणीय कार्यलाई भित्राउन पहल गर्ने ।
  • शिक्षालाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई रोजगारीसँग आबद्ध गर्न पहल गर्ने।
  • स्रोतसाधनमा सबैको समन्यायिक पहुँच विस्तार गर्न पैरवी ।
  • सिर्जनशीलता र रचनात्मकतामा उच्च चासो दिने ।

अन्त्यमा,

लोकतान्त्रिक पद्धतिमा विभिन्न ट्रेड युनियनहरुको नेतृत्व गर्ने संस्था आधिकारिक ट्रेड युनियनलाई पेसागत हकहित संरक्षण र सम्बर्दन गर्ने एक सशक्त माध्यमका रूपमा सञ्चालन गर्नु आवश्यक छ । आधिकारिक ट्रेड युनियनलाई पेसागत हकको रक्षाका साथै हितको अभिवृद्धि तथा विस्तार, वृत्ति विकासलगायत कर्मचारीको सुरक्षा एवं संरक्षण गर्दै सामाजिक सुरक्षा एवं कल्याणकारी कार्यक्रमजस्ता रचनात्मक कार्यतर्फ केन्द्रित गर्नु उपयुक्त हुन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष