NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यस्ता छन् जाडोमा अनुहारमा तेल लगाउनुका फाइदा

काठमाडौं । धेरै जसो अनुहारको तेल फलफूल, नट र बीउबाट बनाइन्छ, त्यसैले तेल छालाको लागि लाभदायक हुन्छन्। यसले छालाको नमी कायम राख्छ र अनुहारको चमक बढाउँछ।

फेस सीरम जस्तै अहिले अनुहारमा तेल (फेस ओयल) प्रयोग गर्ने चलन बढ्दै गएको छ । जाडोमा छालालाई नरम बनाउन मानिसहरुले केमिकल स्किन केयर प्रोडक्टको सट्टा हेल्दी फेस आयलको प्रयोग गर्न थालेका छन् । तेलमा छालालाई धेरै समस्याबाट बचाउँने गुण हुन्छ ।

बजारमा टि ट्री, अर्गन, जोजोबा,नरिवल, गुलाबको तेल जस्ता अनुहारका तेल उपलब्ध छन्। यी सबै अनुहारमा लगाइने तेलले अनुहारमा सुख्खापनबाट जोगाउँछ । त्यस्तै, क्यामोमाइल, ल्याभेन्डर र जैतुनको तेल पनि फाइदाजनक हुन्छ । यसले छालामा चाउरीपना आउनबाट रोक्नुका साथै छाला नरम बनााइराख्छ । जाडोमा अनुहारमा तेल लगाउनाले छालामा आउने खुला छिद्र, पिम्पल र छालाको जलनबाट पनि राहत मिल्छ।

अनुहारको तेलमा पाइने एन्टिअक्सिडेन्ट, भिटामिन ई, अनस्याचुरेटेड फ्याटी एसिडले छालालाई पोषण दिन्छ, जसले छाला स्वस्थ देखिन्छ।