NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

निर्वाचन अघि केपी ओलीले जारी गरेको भिडियो सन्देशमा के छ ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको निर्वाचनको पूर्वसन्ध्यानमा भिडियो सन्देश जारी गर्दै देशको भविष्य निर्धारण गर्ने निर्वाचनमा विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् ।

भोट हाल्नु अघि आफ्नो र छोराछोरीको भविष्यको चिन्ता गर्न पनि उनले आग्रह गरेका छन् ।

अहिलेकै गठबन्धन रहे मुलुक बर्बाद हुने घोषणा ओलीकाे छ ।

यसैले मुलुकको भविष्य पाँच वर्षका लागि सुम्पिनु अघि शेरबहादुर देउवालाई होइन आफूलाई प्रधानमन्त्री बनाउने गरी भोट हाल्न उनले आग्रह गरेका हुन् ।

आफू पटकपटक मृत्युको मुखमा पुगेर पनि अघि बढेको भन्दै देश र जनताको स्वार्थ नै सबैभन्दा माथि रहेको प्रष्ट्याएका छन् ।

आफूले एमालेको जितका लागि मात्रै भोट नमागेको भन्दै देश र नागरिकको भविष्यको लागि भोट मागेको जिकिर ओलीको छ ।

यस्तो ओलीले जारी गरेको भिडियो