NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ललितपुर क्षेत्र नं २ मा मध्यराती १ बजेबाट मतगणना हुँदै

ललितपुर । ललितपुर क्षेत्र नं २ को मतगणना मध्येराती १ बजेबाट शुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले मध्यराती १ बजेबाट मत गणना शुरु गर्ने निर्णय गरेको हो ।

यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट प्रेमबहादुर महर्जन र सत्ता गठबन्धनको तर्फबाट कृष्णलाल मर्हजन उम्मेदवार रहेका छन् ।

मर्हजन नेकपा एमाले विभाजित हुँदा माधव कुमार नेपालको नेकपा एसमा उभिएका थिए । ललितपुर क्षेत्र नं २ मा नेकपा एमाले र सत्ता गठबन्धनको उम्मेदवारवीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।