NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको मृत्यु

काठमाडाैं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ को प्रस्तोता एवं सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी मृत्यु भएको छ ।

मंगलबार बिहान साढे पाँच बजेतिर माइक्रोबस र ट्रक ठोक्किदा दुर्घटनामा परी उनको मृत्यु भएको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २ ख ८५२२ नम्बरको ट्रकसँग हेटौंडाबाट नारायणगढतर्फ आइरहेको बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

उनी पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्यसमेत थिए ।