NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

१०० भोटमा रवि लामिछानेलाई ८८ भोट !

काठमाडौं । अहिलेसम्म निरन्तर पछि पर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एमाले र कांग्रेसका उम्मेदवारलाई पछाडि छोडेका छन् । चितवन २ को ग्रामीण भेगमा रवि निरन्तर पछाडि परेका थिए । तर सहरी एरियामा मतगणना हुन थालेपछि रविले दुवै प्रतिस्पर्धीलाई पछाडि छोडेका हुन् ।

रविले ४००७ मत प्राप्त गरेका छन् । एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत ल्याएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत प्राप्त गरेका छन् ।

सहरी एरियामा मतगणना हुन थालेपछि रविले अस्वाभाविक रुपमा मत आफ्नो पक्षमा पारेका हुन् । मतगणनाका क्रममा रविले एक सय मतमा ८८ मत आफ्नो पक्षमा समेत पारेको बुझिएको छ ।

रविले सुरुमा आफू पछाडि परे पनि मतगणना सुरु हुनै बाँकी छ भनेर बताएको केही समयदेखि नै उनले अग्रता लिन थालेको हुन् ।
उनले दुई सय हाराहारीको संख्यामा अग्रता लिइरहेका छन् ।

देशभर रविको स्वतन्त्र पार्टीको पक्षमा लहर देखिएको हो ।

देशभर रविको स्वतन्त्र पार्टीको पक्षमा लहर देखिएको हो ।

कालिका नगरपालिकामा मतगणना गर्दा लामिछानेले अस्वाभाविक मत ल्याएका हुन् ।