NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत समूह डीको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । यसखेलसँगै डेनमार्क र ट्युनिसियाले समान एक–एक अङ्क बाँडेका छन् । जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।

समूह सीअन्तर्गत मेक्सिको र पोल्याण्ड अहिले भिडिरहेका छन् । खेल केहीबेरअघि राति ९ः४५ बजेबाट सुरु भएको हो ।