NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सीजी ब्राण्डको ‘फुटबल वर्ल्डकप २०२२’ लक्षित क्यासब्याक योजना बजारमा

काठमाडाैं । सीजी ब्राण्डले हाल चलिरहेको फुटबल वर्ल्डकप २०२२ को उपलक्ष्यमा ग्राहकहरुको लागि विशेष योजना ल्याएको छ । विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वर्ल्डकप अनुभव लिनका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५० हजार ९०० सम्मको आकर्षक क्यासब्याक रहेको छ । यस अवसरमा यस विशेष योजनाको लाभ उठाई ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

नेपालको आफ्नै ब्राण्ड सीजीले नेपालकै एकमात्र ‘गुगल–सर्टिफाइड टि.भी.’ बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ । उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरुसहित सीजीसँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् । साथै, नयाँ रु. ५० हजार ९०० सम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरुमा ग्राहकहरुको पहुँ झनै सरल र सहझ हुने कम्पनीको विश्वास छ ।

सिजी ब्राण्डका टिभीहरु २४ इन्च देखि ७५ इन्चमा उपलब्ध छन । जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै Android TV हरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टि.भी उपलब्ध छन् । हरेक सीजी टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् । यसमा छन् नेटवर्कको क्षमता लगायत Dolby Audio को उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागि nflu Motion Estimate and Motion Compensation (MEMC) फिचर पनि रहेको कम्पनीले जनाएको छ भने 2-Way Bluetooth फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।