NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चितवन २ मा आठ हजार भन्दा बढी मतान्तरले रविको अग्रता

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नंबर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानले आठ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेल र उनीबीच आठ हजार ६७८ मतको अन्तर देखिएको हो ।

मध्यान्ह १२ः४० सम्मको मतगणनाअनुसार रविले १७ हजार ५१९ मत प्राप्त गरिसकेका छन् । एमाले उम्मेदवार पोखरेले आठ हजार ८४१ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले आठ हजार ६४१ जमत प्राप्त गरेका छन् ।