NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दैलेख क्षेत्र नं. २ (१) मा कांग्रेसका भण्डारी निर्वाचित

काठमाडौं । दैलेख क्षेत्र नं. २ को (१) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका घनश्याम भण्डारी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा (एमाले) का तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले फरक पार्दै भण्डारीले १० हजार आठ सय मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दुल्लुले जानकारी दिएको छ ।

त्यसैगरी, राप्रपाका यज्ञबहादुर थापाले चार सय ७८, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले चार सय ७२, नेमकिपाका मदन भण्डारीले तीन सय ३७, स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालले दुई सय ७० मत प्राप्त गरे । उक्त क्षेत्रको प्रदेश (१) मा २२ हजार नौ सय ४२ मत खसेको निर्वाचन अधिकृतको कार्यालय दुल्लुले बताएको छ ।