‘दलप्रति नागरिकको वितृष्णा बढ्यो’
गलकोट । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् ।
केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताए ।
आज मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले स्थायी सरकार बन्ने वातावरण आफूले नदेखेको बताउँदै लोकतन्त्र खतरा मुक्त नभएको बताए ।
उनले अहिलेको चुनाव निकै खर्चिलो भएको टिप्पणी गर्दै अबका दिनमा चुनाव लड्न सक्ने अवस्था नरेहेको बताए । उनले आफूलाई निर्वाचित बनाउने बागलुङका जनतालाई धन्यवाद दिँदै बागलुङको विकासमा आफूले सक्दो भूमिका खेल्ने जानकारी दिए ।(रासस)
ताजा अपडेट
-
मन्सेको कीर्तिमानी शतकमा सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि
-
एनपीएल फाइनल: लुम्बिनीले सुदूरपश्चिमसामु राख्यो १५६ रनको लक्ष्य
-
एनपीएल फाइनलका दिन सुदूरपश्चिमका क्रिकेटप्रेमीलाई खुसीको खबर
-
नागढुंगा-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द
-
नेपाल प्रहरीमा ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

प्रतिक्रिया