NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मण्डला थियटरमा ‘निटफेस्ट २०२२’ सुरू

काठमाडौं । ‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव, २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करण सुरू भएको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरू भएको महोत्सव नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्नेछ।

सो महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, “रङ्गमञ्चले मनोरञ्जनसँगै समाजलाई दिने सन्देशले रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ, पर्यटन प्रवद्र्धनमा पनि यस्ता महोत्सवले योगदान पु¥याउँछ ।”

महोत्सवमा सहभागिता जनाउन भारतबाट नेपाल आइपुग्नुभएकी अभिनेत्री शबाना आजमीले रङ्गकलाकर्मीको सहभागितामा बनेको मण्डला थियटरको प्रसंशा गरे । “समाजमा बदलाव ल्याउन सक्ने सामथ्र्य रङ्गमञ्चमा छ । नेपालको रङ्गकर्मीले एकताबद्ध भएर गरिरहनुभएको मेहनत सुन्दर छ । यसले नाटकलाई जीवित राख्छ”, अभिनेत्री आजमीले भनिन् ।

महोत्सवका निर्देशक सिर्जना सुब्बाले कोभिडको कारण तीन वर्षपछि दोस्रो संस्करण आयोजना भएको जानकारी दिए । “हामीले दिएको नारा झैँ नाटकसमेतमा विविधता छ । नौ दिनसम्म चल्ने महोत्सवले हाम्रो बुझाइको दयारा फराकिलो बनाउनेमा विश्वत छु”, निर्देशक सुब्बाले भनिन्।

उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, कलाकार सरोज खनाल, नाट्यकर्मी अनुप बराल, दयाहाङ राईलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ‘इन्द्रधनुष’ नामक नाटक सङ्ग्रहसहित पुस्तकसमेत विमोचन गरिएको थियो । बाह्र देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरीबाट दुईसयभन्दा बढी नाट्य कलाकार सहभागी छन् ।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।