NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पाल्पा १(२) मा एमालेका सारु निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा पाल्पा १ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी भएका छन् ।

सारु १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत प्राप्त गरेका छन् ।

मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पङ्गेनीले तीन सय ७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले एक सय ६५ ले मत पाएका छन् ।

प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।