NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कुन भाँडामा खाना पकाउँदा र खाँदा स्वस्थकर ?

काठमाडौं । आयुर्वेदका अनुसार हामीले खाने खानाले हाम्राे स्वास्थ्यलाई असर गर्छ तर हामीले जुन भाँडोमा खाना खाइरहेका छौं, त्यसको प्रभाव स्वास्थ्य र प्रकृति दुवैमा देखिन्छ । हामी कुन धातुमा बनेका खाना खान्छौं, यसले हाम्रो स्वास्थ्यमा विशेष प्रभाव पार्छ।

हामी प्राय: को घरमा आल्मुनियमका भाँडा हुन्छन् । आल्मुनियम बक्साइटबाट बनेको हुन्छ, जसमा बनेको खानेकुरा खाँदा शरीरलाई हानी हुन्छ । आयुर्वेदका अनुसार यसले आइरन र क्याल्सियम सोस्छ, त्यसैले यसबाट बनेका भाँडाकुँडाहरू प्रयोग उचित मानिदैन् । यस्तो भाँडामा बनेको खाना खाँदाहड्डी कमजोर हुनुका साथै मानसिक रोग,कलेजो र स्नायु प्रणालीमा क्षति पुग्ने गर्छ ।

त्यस्तै, स्टिलको भाँडा पनि सबैको घरमा प्रयोगमा आउँछ । यसमा पकाएको खाने भने स्वास्थ्यलाई हानिकारक नहुने बताइन्छ । यसमा तातो र चिसोको कुनै प्रभाव हुँदैन, त्यसैले तिनीहरूले कुनै पनि प्रकारले हानि गर्दैनन् भने फाइदा पनि गर्दैनन्  । माटाेकाे भाँडोमा हामी खाना पकाउँदैनौं । तर माटोको भाँडो मात्र यस्तो भाँडो हो जसमा खाना खाँदा कुनै हानि हुँदैन् । यसमा पकाएको खाँनाले शरीरमा अत्यधिक फाइदा पु-याउँछ । माटोको भाँडोमा खाना पकाएर खाँदा धेरै रोगबाट बच्न सकिन्छ । आयुर्वेदमा माटोको भाँडोमा खाना पकाउँदा शरीरका धेरै रोग निको हुने विश्वास छ ।

माटोको भाँडोमा खाना पकाउन धेरै समय लागे पनि यसले स्वास्थ्यलाई पूर्ण फाइदा पु-याउँछ । यसमा पकाएको खानाले पोषण तत्वको साथै खानाको स्वादसमेत बढाउँछ ।

तामाको भाँडा पनि स्वास्थ्यको हिसाबले निकै राम्रो मानिन्छ । यसमा राखिएको पानी पिउनाले रोगहरु टाढा रहन्छ । यस्तो पानी पिउनाले रगत शुद्ध हुन्छ भने स्मरणशक्ति बढ्छ । यसले कलेजोको समस्यासमेत निको हुने मानिन्छ । तामाको भाँडोमा राखेर खाना खानु पनि फाइदाजनक हुन्छ । यसले खानाको पौष्टिक गुणलाई कायम राख्छ।

आयुर्वेदमा काँसलाई धेरै राम्रो मानिन्छ । यो धातु अन्य सबैको तुलनामा राम्रो हो । काँसाको भाँडोमा खाना खाँदा दिमाग तेज हुन्छ त्यस्तै यसको प्रयोगले रगत सफा गर्छ, कसैलाई भोक कम लाग्छ भने पनि यसले भोक बढाउन मदत गर्छ ।