NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

देउसी—भैलोको रकम सामाजिक प्रयोजनमा

काठमााडौं । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेका युवाहरूले देउसी भैलोबाट संकलित रकमबाट सामाजिक काममा खर्च गरेका छन् । तिहारमा विभिन्न संघ–संस्था, क्लव र युवा समूहले देउसी–भैलो खेल्ने र उठेको रकम फजुल खर्च गर्ने परिपाटी बढेका बेला आहालेका युवाहरुले भने युवाहरुलाई जागरुक बनाउँन र सामाजिक कार्यमा भावना जगाउँन यस्तो कार्य गरिएको स्थानीय युवाहरुको भनाइ छ । २०७९ सालको तिहारको अवसरमा खेलेको देउसी भैलो कार्यक्रमबाट गाउँमा विवाह, प्रतबन्ध र सामाजिक कार्यमा आवश्यक पर्ने टेबल, चुलो,पनियु लगायतका सामान खरिद गरी एक कार्यक्रमका विच स्थानीय गतिशिल आमा समुहको संरक्षणमा रहने गरी आमा समुहलाई हस्तान्तरण गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष