NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सञ्चार मन्त्रीकाे क्षेत्रमा मतगणना अघि बढाउन निर्देशन

काठमााडौं । सुनसरी ४ मा स्थगित  मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आइतबारदेखि सुनसरी ४ मा मतगणना रोकिएको थियो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए । तर उनको मागलाई बेवास्ता गर्दै निर्वाचन आयोगले मतगणना सञ्चालन गर्न निर्देशन दिएको हो ।