NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ सेवा संचालनमा ल्याएको छ । बैंकले मंसिर ११ गतेबाट उक्त भवनमा बैंकिङ कारोवार सञ्चालन गरिएको छ ।

हाल कर्णाली प्रदेश, जुम्ला जिल्ला चन्दननाथ नपा वडा नं. ५ मा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यस बैंकले ९ वटा शाखा कार्यालयहरुमार्फत वित्तिय सेवाहरु प्रदान गर्दै आईरहहेको छ ।

यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु(याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।