NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

धनुषा ४ (२) मा एमालेका महतो विजयी

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले) का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी) का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् ।

विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका सत्रुधन यसपटक भने पराजित भएका छन् । हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार ९०६ मत प्राप्त गरेका छन् ।

मतगणनाको सुरु देखि नै अग्रता बनाएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी भएका हुन् ।