ओलीलाई बालेनको जवाफ : सकेको सहयोग गर्नू, नसके कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नू

काठमाडौं । काठमाडौं महानगरालिकाका मेयर बालेन शाहले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सके सहयोग गर्न नसके कसैका विरुद्ध प्रयोग गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् ।
आज साँझ फेसबुकमा स्टाटस लेख्दै बालेनले ओलीले आफ्नाविरुद्ध गरेको टिप्पणीको कटाक्ष गरेका हुन् । अध्यक्ष ओलीले आज काठमाडौंको च्यासलस्थित कार्यक्रममा काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएकोबारे चर्को आलोचना गरेका थिए ।
उक्त कार्यको विरोध गर्ने क्रममा ओलीले बालेनले शक्तिको उन्माद देखाएको टिप्पणी गरेका थिए । ओलीको सोही टिप्पणीप्रति आपत्ति जनाउँदै बालेनले उनीबाट यस्तो धराणा आउनु नै सामान्य भएको बताएका छन् ।
पटक पटक मन्त्री तथा प्रधानमन्त्री भएपनि ओलीले सुकुम्बासीका समस्या नदेखेको आरोप लगाएका छन् र। साथै, ०४७ यता १४ वटा आयोग गठन भएपनि काठमाडौंका सुकुम्बासीको समस्या समाधान नहुनुमा ओली आफैं पनि जिम्मेवार भएको बालेनको दाबी छ । बरु सुकुम्बासीलाई ओलीले भोट बैेंकका रुपमा मात्रै प्रयोग गरेको उनले आरोप लगाएका छन् ।
नेवा सभ्यताको साँच्चै माया लागेको भए सुन्धारा मासेर धरहरा ठड्याइएकाप्रति पनि उनको आपत्ति छ । ‘यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदि क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन,’ उनले लेखेका छन्, ‘तर अब परिस्थिती फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’
ताजा अपडेट
-
यस्तो छ रविको अबको योजना, तर छैनन् प्रधानमन्त्री तयार
-
प्रधानमन्त्रीलाई थाहै नदिई मुख्यसचिवको नेतृत्वमा ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने निर्णय
-
सिंहदरबार फर्किन रविको पहल
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
प्रतिक्रिया