को हुन् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ?
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी भएका छन्।
आज बिहान सम्पन्न मतगणनामा मन्त्री कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदीश प्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।
पिता कृष्णमोहन र माता अम्बिकाको कोखबाट २०१३ साल फागुन ११ गते भोजपुरमा जन्मिएका नेता कार्की २०२७ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा छन् ।
विसं २०६३ मा जलस्रोतमन्त्री, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गरेका उनी २०७८ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् । यसअघि २०७४ सालमा उनी सुनसरी क्षेत्र नं ४ बाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
विसं २०५८ देखि हालसम्म कांग्रेसको केन्द्रीय सदस्य रहेका उनी कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । उनले राजनीतिक जीवनका क्रममा भोजपुर र विराटनगरमा गरी चार वर्ष जेल जीवन बिताएका थिए ।
उनी सुनसरीको बराह नगरपालिका-१० प्रकाशपुरमा स्थायी बसोबास गर्दै आइरहेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा चितवनका रिजन सर्वोत्कृष्ट खेलाडी घोषित
-
एनपीएलका आठै टोलीका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रंगशाला बनाइने
-
मन्सेको कीर्तिमानी शतकमा सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि
-
एनपीएल फाइनल: लुम्बिनीले सुदूरपश्चिमसामु राख्यो १५६ रनको लक्ष्य
-
एनपीएल फाइनलका दिन सुदूरपश्चिमका क्रिकेटप्रेमीलाई खुसीको खबर

प्रतिक्रिया