NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

डोटीका ४ सय ९२ जना एचआईभी सङ्क्रमित एआरटी सेवा लिँदै

डोटी । डोटीका ४ सय ९२ जना एचआईभी÷एड्स सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेको पाइएको छ ।

आज ३५ औँ एड्स दिवसको अवसरमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा हाल जिल्लाभर रहेका १ हजार ८१ जना एचआईभी-एड्स सङ्क्रमित मध्ये ४ सय ९२ जनाले एआरटी सेवन गरिरहेको जानकारी दिइयो ।

८ सय ८६ जनाले एआरटी सेवा लिएको भएपनि अहिले ४ सय ९२ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् ।

एक सय १० जना अन्य ठाउँ गएको भएको र अनय ७० जना सम्पर्कमा नआएका जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा हालसम्म २ सय १७ जनाको एचआईभी÷एड्सका कारण मृत्यु भएको छ ।