जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते
धनुषा । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिए ।
मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।
ताजा अपडेट
-
एकैदिन अदालतका महत्वपूर्ण फैसला, आलमलाई जन्मकैद, टोपबहादुरलाई जेल
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
-
शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
-
यस वर्ष ‘लु’ बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
प्रतिक्रिया