NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

वैकल्पिक सुचिमा रहेका इन्जिनियरलाई काठमाडौं महानगरले करारमा नियक्त गर्ने  

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा इन्जिनियर नियुक्ति गर्ने भएको छ ।

लोकसेवा आयोगले विभिन्न मितिमा लिएको परिक्षामा पास भएका तर अस्थायी तथा वैकल्पिक योग्यता क्रममा रहेका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनिय र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरुका लागि सुचना जारी गरेको छ ।

मंसिर २० गते ( आज ) एक सुचना जारी गर्दै सात दिन भित्र निवेदन, प्रवेश पत्रको प्रतिलिपि र स्नातक पास गरेको प्रमाणपत्र सहित काठमाडौं महानगरपालिका प्रशासन विभागमा सम्पर्क गर्न भनेको छ ।

महानगरपालिकाको वैकल्पिक सुचिमा नाम रहेका इन्जिनियरहरुलाई करारमा नियुक्ति गर्ने निर्णयको सामाजिक संजालमा प्रसंशा भइरहेको छ ।