NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

हुम्लामा खाद्यन्न बोकेर गएको तारा एयरको जहाजमा चरा ठोक्कियो

काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । नेपालगन्जबाट आज विहान ११ः३७ मा उडेको ९एन–एकेएल कल साइनको ट्वीनअटर जहाज हुम्ला विमानस्थलमा अवतरण गर्दा चरा ठोक्किएको हो ।

दिउँसो १ बजेतिर अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको हो । चरा ठोक्किदाँ जहाजको अगाडिको भागमा क्षति पुगेको छ ।

जहाजलाई करिब १२ः३० मा हुम्ला विमानस्थलमा अवतरण गराइएको एयरलाइन्सले जनाएको छ।

हाल तारा एयरका प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको पनि जनाइएको छ ।

जहाजमा पाइलट को–पाइलट र एयरहोस्टेजसहित तीनजनामात्रै सवार थिए ।  कार्गोमात्रै रहेको उक्त जहाजमा चालक दलका सबै सुरक्षित छन् ।