NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गुजरात–हिमाचल चुनाव : मतगणना सुरु, जोगाउला भाजपाले विरासत ?

काठमाडौं । भारतको गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको मतगणना सुरु भएको छ। कुल १८२ सिटका लागि डिसेम्बर १ र ५ मा मा सम्पन्न निर्वाचनको मतगणना बिहीबार बिहानबाट सुरु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार, गणनाको अन्तिम परिणाम आजै आउने सम्भावना छ ।

यो प्रदेशमा सरकार बनाउन कुनै पनि दलले कम्तीमा ९२ सिट जित्नुपर्ने हुन्छ । भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ । एक्जिट पोललाई विश्वास गर्ने हो भने फेरि एक पटक त्यहाँ भाजपाको सरकार बन्ने सम्भावना छ ।

टिभी च्यानलहरूमा प्रसारित अधिकांश एक्जिट पोलका अनुसार बीजेपीले सजिलै बहुमत प्राप्त गरिरहेको छ र ११७ देखि १५१ सिट जित्न सक्छ।