NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यस्ता छन् जाडाेमा साग खानुका फाइदा 

काठमाडौं । जाडोको समय सागसब्जी प्रशस्त पाइन्छ । साग आफैंमा सन्तुलित आहार हो । एकातिर भिटामिन र खनिज अर्कोतिर फ्याट र कम क्यालोरी। हाम्रो स्वास्थ्य स्वस्थ बनाउन हामीले खाने खानेकुराको भूमिका निकै महत्वपूर्ण हुन्छ । हरियो सागमा भिटामिन बी ६, भिटामिन बी १२, फोलेट र आइरन पाइन्छ जुन हाम्रो शरीरमा न्यूरोट्रान्समिटरको निर्माण र प्रशोधनमा महत्त्वपूर्ण छ।

हरियो सागपातमा म्याग्नेसियम र क्याल्सियम प्रशस्त हुन्छ । जुन हाम्रो स्वास्थ्यमा अपरिहार्य छ । पालुङ, मेथी, रायो, तोरी,बेथु, निगुरो बढीमात्रामा खाइने साग हो । साग सबैभन्दा लाभदायक तरकारीसमेत हो । यस्ता हरियो सागले विभिन्न रोगसँग लड्न समेत मद्त गर्छ । यसले क्यान्सरको जोखिम कम गर्छ भने मुटु रोग लाग्नबाट पनि बचाउँछ ।

त्यसै गरी सागले मृगौला पनि स्वस्थ राख्छ । शरीरमा उत्पन्न हुने विषाक्त पदार्थलाई बाहिर निकाल्छ, कब्जियत हुने व्यक्तिले सागसब्जी खाँदा यसले पेटमा समस्या हुन दिदैँन भने पेट सफा समेत राख्छ । मधुमेह रोगीहरूको लागि भने मेथीको साग रामबाण मानिन्छ । यसमा क्याल्सियम, सेलेनियम, म्यांगनीज, म्याग्नेसियम, भिटामिन ए र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। जुन मेधुमेहका बिरामीलाई उपयुक्त मानिन्छ ।