NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कार र मोटरसाइकल एक आपसमा ठोक्कदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा कार र मोटरसाइकल एक आपसमा ठोक्कदा एक जनाको मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका वडा नं–३, आर्यभङ्ज्याङ् नजिकै मोटरसाइकल र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–१, बस्ने ३४ वर्षका रामबहादुर गुप्ताको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग हुँदै बगनासकाली–३, बाट राम्दीका लागि छुटेको लु २९ प ४३२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कार आपसमा ठोक्किएको हो ।