NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सडकबाटै महिला हिंसाविरुद्धका कार्यक्रम अगाडि बढाउनु पर्छ : मन्त्री उमा रेग्मी

काठमाडाैं । महिला हिंसाविरुद्धको अभियान कोठा भित्र मात्रै नभएर यसलाई अभियानका रुपमा सडकबाट लैजानु पर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताएकी छन् ।

आज प्रेस युनियले आयोजना गरेको कार्यस्थलनमा हुने लैंगिक हिंसा र न्युनीकरणका उपाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नु पर्नेमा जोड दिइन ।

समाजलाई सचेत नगराइ महिला हिंसा अन्त्य नहुने बताउँदै राजनीतिक दलका घोषणा पत्रमा भएका कुरा कार्यान्वयन गराएर कार्यक्रम अगाडी बढाउनु पर्ने कुरामा उनले जोड दिइन ।