काठमाडौंमा चिसो बढ्यो
काठमाडाैं । काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।
काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आइतबार काठमाडाँको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।
हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका जिल्लामा पनि बिहानको समयमा कुहिरो लाग्न थालेको मौसमविद्ले जनाएका छन् । मौसम सामान्यतया सफा नै रहने भएकाले दिउँसो भने घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सामान्यतया सफा नै रहने अनुमान रहेको मौसमविद् मानन्धरले जानकारी दिइन् ।
ताजा अपडेट
-
भारतको अवरोधले चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारले बनायो कार्यदल
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
-
अमेरिका र इरानबीच ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सहमति


प्रतिक्रिया