NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अहिलेसम्मकै महंगो फिल्म ‘अवतार–द वे अफ वाटर’ भोलिबाट प्रदर्शनमा आउँदै

एजेन्सी । हालसम्मकै सबैभन्दा धेरै महंगो फिल्म ‘अवतार–द वे अफ वाटर’ भोलिबाट प्रदर्शनमा आउँदै छ । दुई सय ५० मिलियन डलरर्समा बनेको फिल्मलाई क्यानडियन फिल्ममेकर जेम्स क्यामरूनले निर्देशन गरेका हुन् ।

उनकी आमा शर्ली क्यामरूनले एक सपना देखेकी थिइन् । जसमा निलो रङ गरेकी करिब १२ फिटकी महिला देखिन् । शर्लीले यो सपना छोरा जेम्सलाई सुनाइन् । त्यही सपना सुनेर जेम्सले निलो रङ गरेको मानिसहरू बस्ने ग्रहको कल्पना गरे । यो त्यस समय थियो, जतिबेला जेम्सले फिल्म ‘टाइटाकिन’ बनाउने भनेर पनि सोचिसकेका थिएनन् ।

यो सपनाबारे सुनिसकेपछि उनले पहिला ‘टाइटानिक’ बनाए र त्यसको ठिक १२ वर्ष पछि त्यही सपनालाई लिएर उनले अवतार बनाए । अवतारको पहिलो भाग भनेको १३ वर्षपछि यसको दोस्रो भाग प्रदर्शन हुन लागेको हो । अवतार भन्दा पहिला ‘टाइटानिक’ संसारमा सबैभन्दा बढी कमाई गर्ने फिल्म थियो । सन् २००९ मा रिलिज भएको अवतारको पहिलो भागले यो रेकर्ड तोड्यो ।

जेम्सले यी फिल्ममा प्रविधिको उच्चतम प्रयोग गरेका थिए । जुन वर्तमान समयभन्दा धेरै अगाडि थियो । आफ्नो पहिलो फिल्म ‘द टर्मिनेटर’ देखि अवतार २ सम्म आउँदा जेम्सले फिल्म बनाउने तौर तरिकामा सबैलाई चकित बनाएका छन् ।