NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ठूलो आँगनमै पृथ्वीनारायण शाहको सालिक राखिने

गाेरखा । दलहरु बीचको चर्को छलफल पछि गोरखा नगरपालिकाले ठूलो आँगनमै सालिक स्थापना गर्ने निर्णय गरेको छ ।

बुधबार राती सम्पन्न सर्वदलीय बैठकले पृथ्वीनारायण शाहको सालिक ऐतिहासिक तथा पुरातात्विक स्थल ठूलो आँगनमै राख्ने निर्णय गरेको हो ।

सालिक स्थापना गर्ने वैकल्पिक ठाउँ हुँदाहुँदै पुरातात्विक तथा ऐतिहासिक ठूलो आँगनमा राख्न लागिएको भन्दै स्थानीयबासीले अबरोध गरेका थिए ।

गत भदौ १३ गते निर्णय गरेर नगरपालिकाले सालिक स्थापनको काम केही दिन अगाडी मात्रै सुरु गरेको थियो । आँगनको बीच भागमा सालिक राखिए सवारी साधन आवतजावतमा समस्या हुने भन्दै स्थानीयबासीले सो कामको विरोध जनाउँदै आएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष