बाराही हाइड्रोपावरको आइपिओ आज बाँडफाँड हुँदै
काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपीओ आइतबार बिहान बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान १० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।
आइपीओ प्रि ओलोटमेन्ट भने शुक्रबार नै सम्पन्न भइसकेको छ ।
कम्पनीको आइपीओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आइपीओ बाँडफाँड हुने छ ।
कम्पनीले मंसिर २१ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रति शेयर रु एक सय अंकित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता शेयरमा एक लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कूल पाँच लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।
ताजा अपडेट
-
कर्णाली याक्सको रोमाञ्चक जित, विराटनगर किंग्सको लगातार दोस्रो हार
-
तीन दशकदेखि अलपत्र दमक–चिसापानी सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढ्यो
-
नेपाली कांग्रेसले तोक्यो १९ पदाधिकारीको वरीयता
-
नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि
-
मेची करिडोरको काम अलपत्र पार्ने ठेकेदारको ठेक्का रद्द


प्रतिक्रिया