प्रयोगकर्तालाई मस्कले सोधे– ट्विटरको सिइओको जिम्मेवारीमा रहुँ कि छाडौं ?

काठमाडौं । एनल मस्कले आइतबार ट्वीटर प्रयोगकर्तासँग ट्विटरको सिइओको भूमिकामा रहुँ कि नरहुँ भनेर सुझाव मागेका छन् ।
केही साताअघि माइक्रो ब्लगिङ साइट ट्विटर ४४ अर्ब डलरमा खरिद गरेका मस्कले त्यसयता ट्विटरमा परिवर्तनहरू गरिरहेका छन् । जसमा ठूलो संख्यामा कर्मचारीहरूलाई हटाउनुका साथै ट्विटरको नीति र व्यवसायमा परिवर्तनहरू समावेश छन्।
मस्क ट्विटरका अलावा टेस्ला र स्पेसएक्सका पनि प्रमुख हुन्। उनले ट्विटर खरिद गरेपछि टेस्लाको सेयर मूल्यमा गिरावट आएको छ।
मस्कले आफ्नो ट्विटमा लेखेका छन्, ‘के मैले ट्विटरको प्रमुखबाट राजीनामा दिनुपर्छ ? म यो मतदानको नतिजा पछ्याउनेछु ।’
मस्कको यो ट्वीटको पोलमा हालसम्म एक करोड मत दिएका छन् ।
यसअघि ट्वीटरले अन्य सामाजिक सञ्जाल ट्वीटरमा प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएको थियो । जसमा फेसबुक, इन्स्टाग्राम र मास्टोडन समावेश छन्।
ताजा अपडेट
-
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
-
अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निर्णय
-
भागबण्डामा सम्मानजनक नभए मन्त्रीको नाम नपठाउने शेखर समूहको चेतावनी
-
नयाँ वर्षलक्षित टिसिएलको नगदवृष्टि योजना, सामान खरिदमा ६१ हजारसम्म छुट
-
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग
प्रतिक्रिया