NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

देउवाविरूद्ध संसदीय दलको नेतामा गगनको उम्मेदवारी पक्का

काठमाडौं । लामो छलफलपछि नेपाली कांग्रेसले संसदीय दलको नेताको चुनावका लागि सभापति शेरबहादुर देउवाको विरूद्धमा महामन्त्री गगन थापालाई उम्मेदवार बनाउने भएको छ ।

काठमाडौंस्थित बसेरा बुटिक  हाेटलमा बसेको देउवाइतर समूहकाे बैठकले गगनलाई दलका नेताका रूपमा अघि बढाउन सहमति जुटाएको हो । गगनलाई भावी प्रधानमन्त्रीका रूपमा नेता शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।

भोलि कांग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ । संस्थापन पक्षका उम्मेदवार देउवासँग थापा यसपटक भिड्ने पक्का भएको छ ।