NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यसरी भयो थापा–कोइराला समूहको बैठकमा महामन्त्री शर्माको ‘इन्ट्री’

काठामडौं । संसदीय दलको निर्वाचनको पूर्वसन्ध्यामा चुनावी रणनीति बनाउन कांग्रेसका संस्थापनइतरको बैठक मंगलबार राजधानीमा बस्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठानका लागि सात दिनको समय दिएपछि कांग्रेसले बुधबार संसदीय दलको निर्वाचनको तयारी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका महामन्त्री गगन थापालाई संस्थापनइतर पक्षले संसदीय दलको नेतामा समर्थन गर्ने निर्णय गरेको छ ।

हनुमानस्थानस्थित होटेल बसेरामा बसेको थापा–कोइराला समूहको बैठकमा एकाएक अर्का महामन्त्री विश्वप्रकाश शर्माको ‘इन्ट्री भएपछि बैठक थप रोचक भएको थियाेे । शर्मा बैठक हलमा प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । नेता अर्जुननरसिंह केसीले बैठक हल बाहिर गएर विश्वप्रकाशको हात समातेर बैठक कक्षमा प्रवेश गराएका थिए । यसअघि बिहान लाजिम्पाटस्थित होटल एम्बास्डरमा बसेको बैठकमा नगएका शर्माको प्रवेशलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले चुनावी अभियानमा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रचार गरेका थिए । थापा प्रधानमन्त्रीको उम्मेदवार भएमा आफूले समर्थन गर्ने शर्माले सार्वजनिक घोषणा गरेका थिए । तर संसदीय दलको नेता छनोट गर्ने विषयमा कोइराला समूहभित्र नै धेरै आकांक्षी देखिएपछि समस्या उत्पन्न भएको थियो ।

थापालाई चुनौती दिँदै नेता शेखर कोइरालाले उम्मेदवारी दिने तयारी गरेपछि एउटै निष्कर्षमा पुग्न थापा–कोइराला गुटको बैठक बोलाएको हो । कांग्रेसको १५ औं महाधिवेशनमा थापाले कोइरालाई समर्थन गर्ने प्रतिवद्धता जनाएपछि उनलाई संसदीय दलको नेता मान्न कोइराला तयार भएका हुन् ।

गत वर्ष भएको कांग्रेसको १४ औं महाधिवेशनमा थापा कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए । कोइराला देउवासँग सभापतिमा पराजित भएका थिए । शर्मा नेता प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा निर्वाचित भएका थिए । देउवा समूहबाट महामन्त्रीमा पराजित भएका अर्का युवा नेता तथा काठमाडौं–५ बाट निर्वाचित भएका प्रदिप पौडेलकाे समर्थन पनि थापालाई रहेको छ । नेतृत्वको पुस्तान्तरको पक्षमा उभिँदै आएका पौडेलको समर्थनसमेत थापालाई हुने भएपछि देउवा दबाबमा परेका छन् ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा ८९ सिटसहित पहिलो दल भएको छ । सत्ता गठबन्धनकै सहयोगमा देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । उमेरले वृद्ध अवस्थामा पुगेका देउवालाई हराएर कांग्रेसभित्र रुपान्तरणका सन्देश दिने तयारी थापाको छ ।