NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाल वायु सेवा निगमलाई प्राधिकरणले किन सोध्यो स्पष्टीकरण ?

काठमाडाैं । बुधबार र विहिबार ‘क्याबिन क्रु’ को हड्तालका कारण अवरोध भएको नेपाल वायुसेवा निगमको उडानलाई लिएर नागरिक उड्यान प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

प्राधिकरण मातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्टयान्डर्स विभागले निगमलाई उक्त घटना के कारणले भएको हो, विस्तृत अध्ययन गरेर ३ दिन भित्र स्पष्टीकरण बुझाउन आदेश दिएको छ ।

क्याबिन क्रुको हडतालका कारण कम्तीमा साढे २ करोड रुपैँया क्षति भएको जनाएको छ । कनेक्टिङ फ्लाइट छुट्न गएका यात्रुलाई निगमकै खर्चमा अन्य वायुसेवाबाट पठाइएको निगम वाणिज्य विभागका कर्मचारीले बताएका छन् ।

२ दिनमा कम्तीमा ७५ यात्रुलाई होटलमा राख्दा र उडान छुट्न गएकालाई पठाउँदा उक्त क्षती भएको हो ।