गृहमन्त्री खाणँद्वारा क्रिसमसको शुभकामना
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणँले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको उनले उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
एक्स्ट्रिमको नयाँ आकर्षण एनपीएलमा, उत्कृष्ट खेलाडीलाई चाँदीको बल
-
ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
-
स्वदेशी सयपत्री फूलले बजार नपाउने तनाब, विदेशी फूललाई रोक्न माग
-
एनपीएलः आज पोखरा र सुदूरपश्चिम भिड्दै
-
वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


प्रतिक्रिया