युएन मिसनमा पठाउन सशस्त्रले बनाएको नयाँ निर्देशिकामा के–के छ ?
काठमाडौं । संयुक्त राष्ट्रसंघको मातहत शान्ति मिसनमा खटिने कर्मचारीको छनोटका लागि सशस्त्र प्रहरीले नयाँ निर्देशिका बनाएको छ । छनोटलाई पूर्ण रूपमा निष्पक्ष बनाउने उद्देश्यले नयाँ निर्देशिका लागू गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
गत साता गृह मन्त्रालयबाट स्वीकृत भएको निर्देशिकाअनुसार मिसनको छनोटलाई पूर्ण रूपमा ज्येष्ठताका अधारमा छनोट हुनेछ । सशस्त्र प्रहरी स्रोतका अनुसार मिसनमा खटिन न्यूनतम १५ वर्ष जागिर अवधि पुग्नुपर्नेछ । तर, कारबाहीमा परेका कर्मचारीको हकमा भने थप समय लाग्नेछ । एकपटक कारबाहीमा परेका दुई वर्षसम्म तथा दुईपटक कारबाहीमा परेका सात वर्षसम्म मिसनमा जान पाउने छैनन् ।
फर्म्ड पुलिस युनिट (एफपियू) मिसनमा खटिनेका लागि नयाँ निर्देशिका कार्यान्वयन गरिएको हो । सशस्त्र प्रहरीको दक्षिण सुडानमा एक एफपियू खटिएको छ । त्यस्तै, राष्ट्रसंघले अर्काे द्वन्द्वग्रस्त देश मालीमा अर्काे एफपियू खटाउने अन्तिम तयारी गरिरहेको छ । यसअघि उत्कृष्ट काम गर्नेलाई केही कोटा राखिएकोमा त्यसको दुरुपयोगको सम्भावना भएकाले नयाँ निर्देशिका लागू गरिएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले बताए । अब उत्कृष्ट भएर मिसनका लागि छनोट भएकाको हकमा पनि न्यूनतम १५ वर्ष अवधि पुग्नुपर्ने हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
चालु आर्थिक वर्षदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति तलब ?
-
एकैदिन ८ हजारले बढ्यो सुनको भाउ
-
तिब्बती अध्ययन सम्मेलन : चिनियाँ पक्ष र विरोधीबीच झडप हुनसक्ने सुरक्षा निकायकै थियो विश्लेषण
-
देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने
-
इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५ सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य


प्रतिक्रिया