राजधानीका तीनै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ ।
राजधानीमा अपाङ्गमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरब ढकालले जानकारी दिए ।
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकामा यो कार्यक्रम प्रारम्भ गरिने छ । अपाङ्गमैत्री पैदलमार्गका लागि कुन सडक उपयुक्त हो भन्ने विषयमा नगर प्रमुखले गरेको सिफारिसका आधारमा काम गरिने उनको भनाइ थियो ।
यसैगरी काठमाडौंको दक्षिणकाली, नागार्जुन र कागेश्वरी मनोहरा नगरपालिकामा पनि अपाङ्गमैत्री पैदलमार्ग निर्माण गरिने छ । तीनवटै नगरपालिकाका कुन सडकमा यो मार्ग निर्माण गर्ने भन्ने सिफारिस नगर प्रमुखबाट आउने प्राधिकरणले जनाएको छ ।
यस्तो सिफारिस नगर प्रमुखबाट आउने क्रममा रहेको जनाइएको छ । ललितपुर महानगरपालिकाको कुन सडकमा यस्तो मार्ग बनाउने भन्ने सिफारिस नगर प्रमुखबाट आउन बाँकी रहेको सूचना अधिकारी ढकालले बताए ।
महानगरपालिकाले यसअघि जावलाखेलमा यस्तो मार्ग निर्माण गर्ने भने पनि कालोपत्र भइसकेकाले त्यहाँ काम गर्न नसकिने जनाइएको छ । तीनवटै जिल्लामा अपाङ्गमैत्री पैदलमार्ग निर्माणका लागि १४ करोड बजेट विनियोजन गरिएको छ ।
ताजा अपडेट
-
एकैदिन ८ हजारले बढ्यो सुनको भाउ
-
तिब्बती अध्ययन सम्मेलन : चिनियाँ पक्ष र विरोधीबीच झडप हुनसक्ने सुरक्षा निकायकै थियो विश्लेषण
-
देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने
-
इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५ सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य
-
काठमाडौंमा तिब्बती अध्ययन सम्मेलन : अमेरिकाबाट आउँदै थिए सबैभन्दा बढी सहभागी


प्रतिक्रिया