आगलागीमा पाँचमहिने शिशुको मृत्यु
भक्तपुर । सूर्यविनायक नगरपालिका–६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ ।
रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी हुँदा मोक्तानकी पाँचमहिने छोरी लासाङ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब राजु केसीले जानकारी दिए ।
आगलागीमा परेर टाउको, अनुहार, तिघ्रा, हात, खुट्टालगायत आधा शरीर जलेकी शिशुको प्रहरीले उद्धार गरी उपचारका लागि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा लगिएकामा उपचारकै क्रममा ज्यान गएको उनले बताए ।
आमाबुबा कोठामा नभएको र पाँचवर्षे दाजु मात्रै कोठामा रहेको बेलामा भएको आगलागीमा कोठामा रहेका सोफा र अन्य सामग्रीसमेत जलेर क्षति पुगेको उनले जानकारी दिए । आगलागी के कारण र केबाट सुरु भयो भन्ने बारेमा खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
ताजा अपडेट
-
एकैदिन ८ हजारले बढ्यो सुनको भाउ
-
तिब्बती अध्ययन सम्मेलन : चिनियाँ पक्ष र विरोधीबीच झडप हुनसक्ने सुरक्षा निकायकै थियो विश्लेषण
-
देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने
-
इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५ सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य
-
काठमाडौंमा तिब्बती अध्ययन सम्मेलन : अमेरिकाबाट आउँदै थिए सबैभन्दा बढी सहभागी


प्रतिक्रिया