NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कहिले बोलाउँदैछन् शेखर-गगनले आफ्नो पक्षको भेला ?

काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर-गगनले आफू पक्षीय नेताहरुको भेला बोलाउने भएका छन् ।

बुधबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले आफ्नो पक्षको मात्रै भेला डाक्ने निर्णय गरेको हो ।

शीर्ष नेताहरुको बैठकमा सामान्य छलफल भएको बताउँदै केन्द्रीय समिति र प्रदेश समितिमा रहेका सबैलाई बोलाएर अहिलेको राजनीतिक परिस्थितिका विषयमा छलफल गर्ने निर्णय भएको बताइएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक पुस २२ मा बोलाएका छन् भने त्यस भन्दा अगाडी नै यस समुहले बैठक बाेलाउने तयारी गरिरहेकाे छ ।