NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नाइजेरियामा दुर्घटना : २१ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा सोमबार र मङ्गलबार भएका दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।

सोमबार र मङ्गलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परेर २१ जनाको ज्यान गएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । देशको मध्यभागमा पर्ने कुवार तास्कुवाममा सोमबार दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर ११ जनाको ज्यान गएको छ ।

त्यसैगरी मङ्गलबार पनि देशको एक मुख्य राजमार्गमा सवारी दुर्घटना भएको र त्यसमा परेर १० जनाको ज्यान गएको थियो । नाइजेरियामा सडकको खराब अवस्थाका साथै सवारी हाँक्ने चालकहरुले निकै लापरवाही रुपमा सवारी हाँक्ने भएकाले पनि सडक दुर्घटनाहरु भइरहने बताइन्छ ।

नाइजेरियामा वर्षेनी सयौँ मानिसको सडक दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।