NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

न्यायक्षेत्र प्रति नागरिकको विश्वास बढाउने काम गर्छु : महान्यायाधिवक्ता पोखरेल

काठमाडाैं । नवनियुक्त महान्यायाधिवक्ता डा.दिनमणि पोखरलले न्याय क्षेत्रले नागरिकले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको बताएका छन् ।

बिहीबार शपथ ग्रहणपछि कार्यभार सम्हाल्दै उनले नागरिकमा न्याय क्षेत्र प्रतिको वितृष्ण बदल्नका लागि काम गर्न ढिला हुन लागेका बताएका हुन् । न्याय क्षेत्रकाे छबि बदल्न उनले सबैकाे साथको अपेक्षा गरेको पनि बताएका छन् ।

महान्यायाधिवक्ता पोखरेलले संस्था प्रति जनताको विश्वास बढाउँदै नागरिकको न्याय क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न काम गर्नु पर्ने कुरामा जोड दिए ।