NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ माघ १६ गते

बुटवलका डीएसपी ठगबहादुर निलम्बित

काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई गृह मन्त्तालयले निलम्बन गरेको छ ।

सुन व्यापारीसँग घुस लिएको आरोप लागेका डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिमा गृह मन्त्रालयले निलम्बन गरेको हो ।

३५ तोला सुन बरामद गरेको मुद्यामा केसीले व्यापारीसँग पैसाको बार्गेनिङ गरेको जानकारीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ( सीआईबी) ले अनुसन्धान गरेको थियो ।

प्रहरीले केसीको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ, ९ लाख ५० हजार रुपैँयाको चेक बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष