रोनाल्डोपछि सुवारेज पनि जोडिए नयाँ क्लबमा
काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोपछि उरुग्वेका फरवार्ड लुइस सुआरेज पनि नयाँ क्लबमा अनुबन्धित भएका छन् ।
उरुग्वेको नासिनल डी फुटबल क्लब छाडेपछि कतै पनि आबद्ध नरहेका सुआरेज ब्राजिलियन क्लब ग्रिमियोमा अनुबन्धित भएका हुन् ।
सुआरेजलाई आफ्नो क्लबमा अनुबन्ध गरिएको ग्रिमियोले शनिबार जनाएको छ ।
सुआरेजले आगामी दुई वर्ष ग्रिमियोका लागि खेल्नेछन् ।
भूमिकाविहीन स्टार खेलाडीहरू धमाधम क्लबमा अनुबन्धित हुन थालेका छन् । यसअघि पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले साउदी क्लबसँग सम्झौता गरेका थिए ।
ताजा अपडेट
-
विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, ७२औँ स्थानमा कायम
-
औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ
-
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
-
फ्रान्समा पहिलोपटक मानिसमा देखियो ‘शामोन्डा भाइरस’, डब्ल्यूएचओद्वारा सतर्कता अपनाउन आग्रह
-
अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत


प्रतिक्रिया