NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाल टी-ट्वान्टीमा दुई खेल हुँदै

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाडौं नाइट्स प्रतिस्पर्था गरिरहेका छन् । खेल अहिले बिहान ९ बजेबाट चलिरहेको छ ।

आजको खेलमा सहज जित निकालेर जनकपुर शीर्ष स्थानमा उक्लने दाउमा छ । प्रतियोगिताअन्तर्गतका पाँच खेलमा चार जित निकालेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

चार खेल खेलेर समान २–२ जित तथा हार हात पारेको काठमाडौं नाइट्स ४ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्स भिड्दैछन् । खेल दिउसो १ बजेका लागि तय छ ।

छ खेल खेलेर पाँच जित हात पारेको लुम्बिनी छैठौं जितको खोजीमा हुनेछ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।