NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश १ मा पुस २४ गतेसम्मको समय

काठमाडाैं । प्रदेश १ को मुख्यमन्त्री पदका लागि दाबी गर्न प्रदेश प्रमुखकको कार्यालयले एक साताको समय तोकेको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले आज एक विज्ञप्ती जारी गर्दै पुस २४ गते आइतबार साँझ ५ बजे भित्र मुख्यमन्त्री पदका लागि दाबी गर्न दलहरुलाई आह्वान गरेका छन् ।

‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजे भित्र दाबी पेश गर्न आह्वान गरिएकाे छ ।’ विज्ञप्तीमा भनिएको छ ।