NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जाडोमा लाभदायिक बेसार, यस्ता छन् फाइदा

काठमाडौं । जाडोमा काँचो बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा औषधीय गुणहरू हुन्छन, जसले धेरै रोगहरूसँग लड्न मद्दत गर्छ ।

बेसारले रगत शुद्ध गर्नेदेखि रुघाखोकीका समस्या सम्मका लागि फाइदा गर्छ । त्यस्तै, छालाको रोग, तथा हाडजोर्नीदुखाइमा पनि यसको प्रयोग लाभदायिक छ । बेसारमा भिटामिन सी र के बाहेक पोटासियम, प्रोटिन, कपर, जिंक, फस्फोरस जस्ता आवश्यक खनिजहरू प्रशस्त मात्रामा पाइन्छ।

चिसो मौसमा संक्रमणजन्य रोगले धेरैलाई सताउँछ । घाँटी दुख्ने, खोकी तथा लाग्ने जस्ता समस्याबाट बच्न पनि बेसार अचुक औषधी हो । काँचो बेसारलाई दुधमा उमालेर हरेक बिहान बेलुकी पिउने गर्दा यसले आराम महसुस गराउँछ । जाडोमा कम पानी पिउँदा पाचनसम्बन्धी समस्या हुन्छ ।

बेसारमा पाइने एन्टी-इन्फ्लेमेटरी, एन्टी-अक्सिडेन्ट गुणले पेट र पाचनसम्बन्धी समस्याबाट पनि छुटकारा दिन्छ । बेसारमा कागती मिसाएर खाने गर्नाले पखाला, अपच र पेट ढुस्स हुने जस्ता समस्याबाट समेत  राहल दिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष