NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

यी हुन् ६ प्रदेशमा एमालेका संसदीय दलका नेता

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मधेश प्रदेशबाहेक ६ प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । प्रदेश १ मा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हिक्मत कार्की चयन भएका छन् ।

मधेश प्रदेशमा रामचन्द्र मण्डल सरोजकुमार यादव, राजकुमार लेखी लगायत आकांक्षी छन् । संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा जगन्नाथ थपलिया सर्वसम्म भएका छन् ।

गण्डकी प्रदेशमा संगठन विभाग प्रमुख खगराज अधिकारी दलको नेता चयन भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा लिला गिरी चयन भएका छन् । कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य यमलाल कँडेल नियुक्त भएका छन् ।

सुदूर पश्चिम प्रदेशमा प्रदेश सचिव राजेन्द्रसिंह रावल नियुक्त भएका छन् । संसदीय दलको नेता भावी मुख्यमन्त्रीको दाबेदार भएकाले पनि सबैले चासोसाथ हेरिएको छ । संघमा एमाले–माओवादीसहितको गठबन्धन सरकार रहेकाले अब गठबन्धनको ध्यान प्रदेशमा गएको छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल रहेको एमालेले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली सरकारको नेतृत्व दाबी गरेको छ । सत्ता नेतृत्व दल माओवादी केन्द्रले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा दाबी गरेको छ ।

राप्रपाले बागमती सरकारको नेतृत्व दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ मा संसदबाट विश्वासको मत लिएपछि मात्र प्रदेश सबै पदको भागबण्डामा सहमति गर्ने नेताहरूले बताएका छन् ।