चलचित्र कलाकार संघकाे अध्यक्षमा अभिनेता सबिन श्रेष्ठकाे उम्मेदवारी
काठमाडौं । अभिनेता सबिन श्रेष्ठले नेपाल चलचित्र कलाकार संघमा अध्यक्षको लागि उम्मेदवारी दिने घाषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली चलचित्र र नेपाली कलाकारहरुको हक, हित ,सहयोग र उन्नतिको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले लेखेका छन्, ‘चैत्र ४ गते कलाकार संघक चुनाबको बारे छोटकरीमा मनको कुरा पोख्दैछु बोलेर भन्दा गरेर देखाउनेछु नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हक,हित साथ,सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने कसम खादैछु आज उम्मेदवारी घोषणा’
आगामी चैत ४ गते काठमाडौंमा कलाकार संघको महाधिवेशन हुँदैछ ।
ताजा अपडेट
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
रास्वपा महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदान, ३ हजार प्रतिनिधि सहभागी हुने
-
महाधिवेशनभन्दा अघि अन्तिम पटक बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक


प्रतिक्रिया